पोखराको सेती नदीमा सडेको अवस्थामा शव फेला
पाेखरा | मंसिर २४, २०८०
तस्बिर फाइल
पोखरा: पोखरा सेती नदीमा सडेको अवस्थामा एक शव फेला परेको छ । पोखरा महानगरपालिका–७ घारीपाटन स्थित सेतीनदीको खोँचमा शनिबार सडेको अवस्थामा शव फेला परेकोे वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘पोखरा महानगर–७ घारीपाटनस्थित सेती खोँचमा शनिबार शव फेला परेको खवर आएको थियो’, डिएसपी श्रेष्ठले भने, ‘सेती खोँचमा महिला÷पुरुष छुट्याउन नसकिने अवस्थामा सडेको अवस्थामा शव फेला परेको हो ।’
उनका अनुसार सेती खोँचमा भेटिएको शवलाई पोष्तमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

